बाढीमा २ को मृत्यु
ekantipur.com · Wed Jul 31 23:34:54 UTC 2024

काठमाडौँ — मंगलबार रातिको भारी वर्षाका कारण काठमाडौं उपत्यका र दाङमा दुई जनाको मृत्यु भएको छ । बाढीले बगाएर बाँके घर भई बल्खुस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका ४५ वर्षीय रामसरूप महतोको मृत्यु भएको हो ।
बल्खु पुलमुनि नदीमा अड्किएको अवस्थामा बुधबार बिहान महतोको शव फेला परेको प्रहरीले जनाएको छ । दाङको शान्तिनगर गाउँपालिका–४ स्थित चिराघाट खोला तर्ने क्रममा बगाएर तुलसीपुर उपमहानगरपालिका–२ का ६७ वर्षीय तेजबहादुर भण्डारीको मृत्यु भएको हो । शान्तिनगरस्थित आफन्तको घरमा पुगेर फर्कने क्रममा भण्डारीलाई खोलाले बगाएर एक किलोमिटर टाढा पुर्याएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)