कांग्रेस पोखरा महानगरको सभापतिमा पुनः बिजुक्छे निर्वाचित
ratopati.com · Thu Sep 24 01:22:22 GMT 2026

पोखरा । नेपाली कांग्रेसको पोखरा महानगर समितिको सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन् । १५ औँ महाधिवेशन अन्तर्गत बिहीबार राती सम्पन्न मतगणनाको परिणाम अनुसार बिजुक्छेले ६ सय ८७ मत प्राप्त गरेर जित दर्ता गरेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी सन्तोष पौडेलले ३ सय १७ र अर्का प्रतिस्पर्धी गणेशबहादुर थापाले ३ सय १५ मत प्राप्त गरेका थिए । सभापति र पदाधिकारीको निर्वाचनमा १ हजार ४ सय ४८ मतदाता रहेकामा १ हजार ३ हजार ४१ मत खसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)