त्रिदेशीय नाकाको लाइफलाइन बग्यो, एक महिनादेखि सम्पर्क टुट्यो
annapurnapost.com · Thu Sep 24 01:18:17 GMT 2026

त्रिशूली (नुवाकोट) : त्रिशूली नदीको बगरमा उभिएर युवराज उप्रेती हरेक दिन रसुवा आउजाउ हुने बाटोतिर नियाल्छन्। नदीको बहावसँगै उनको मनमा एउटै प्रश्न उब्जिन्छ– पुल कहिले बन्ला र पहिलेजस्तै रसुवा आउजाउ कहिले सहज होला ? उप्रेतीमात्र होइनन्, बाढी प्रभावित अधिकांशको मनले त्यही प्रश्नको जवाफ खोजिरहेको छ।
भदौ १० गते भोटेकोशी हँुदै त्रिशूलीमा आएको बाढीले बजारको पुल बगायो। रसुवासँगको सम्पर्क त टुट्यो नै, त्रिशूली बजारकै बासिन्दा पनि कोही वारि छुटे, कोही पारि नै रहे। ‘सडक सम्पर्क विच्छेद हुँदा नदीवारि र पारिकै सम्पर्क टुट्यो,’ स्थानीय राजकुमार नापितले भने।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)