ऊर्जा र सिँचाइको पुनरुत्थानका लागि आठ खर्ब लाग्ने अनुमान
gorkhapatraonline.com · Thu Sep 24 01:29:40 GMT 2026

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीका कारण ऊर्जा र सिँचाइ क्षेत्रको पुनरुत्थानका लागि करिब आठ खर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको बताउनुभएको छ । प्रतिनिधि सभामा सार्वजनिक महत्वका विषयमा वक्तव्य दिँदै मन्त्री श्रेष्ठले प्रारम्भिक मूल्याङ्कनमा ऊर्जा क्षेत्रमा तीन खर्ब ९० अर्ब ६२ करोड ३० लाख र सिँचाइका क्षेत्रमा चार अर्ब ९४ करोड ३० लाख रुपियाँको आकलन गरिएको जानकारी दिनुभएको हो ।
मन्त्री श्रेष्ठले विपत्को असर ठुला जलविद्युत् आयोजना र संरचनासँगै सामुदायिक प्रयोगमा रहेका नवीकरणीय ऊर्जा प्रविधिमा समेत उच्च रहेको बताउनुभयो । सिँचाइ आयोजना, नदी नियन्त्रण संरचना तथा जल केन्द्रमा समेत क्षति पुर्याएको उहाँले बताउनुभयो । मन्त्रालयको प्रारम्भिक तथ्याङ्कमा प्रदेश र स्थानीय तहबाट निर्माण गरिएका संरचना समावेश नभएको पनि मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)