पाथीभरामा च्याब्रुङ नाच
gorkhapatraonline.com · Thu Sep 24 01:32:26 GMT 2026

सुनसरीको धरानबाट आएको केःलाङ समूहले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा च्याब्रुङ नाच (केःलाङ) प्रस्तुत गरेका छन् । लिम्बू (याक्थुङ) जातिको संस्कृतिमा आधारित च्याब्रुङ नाच पाथीभरामा प्रस्तुत गरिएको हो । समुद्री सतहदेखि तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरामा पुगेको केलाङ समूहले च्याब्रुङ प्रदर्शन गरेका हुन् । पाथीभरा देवीको दर्शनसँगै मौलिक संस्कृतिको उजागर र प्रवर्धन गर्ने उद्देश्यले च्याब्रुङ नाच (केःलाङ) प्रस्तुत गरिएको सो समूहका प्रतिनिधि ओविन्द्र तिगेलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार च्याब्रुङ नाच प्रस्तुत गर्नाले मौलिक संस्कृति र प्रसिद्ध तीर्थस्थल पाथीभराको प्रचारप्रसार तथा प्रवर्धनका टेवा पुग्ने अपेक्षा गरिएको छ । मौलिक संस्कृतिको प्रवर्धन तथा प्रचारप्रसार गर्नका लागि पाथीभरापरिसरमा केःलाङ प्रस्तुत गरेको उहाँले जानकारी दिनुभयो । पाथीभरा दर्शनमा आउने विभिन्न भक्तजनलाई थोरै समय भए पनि ध्यानकेन्द्रित गराउने गरी केःलाङ प्रस्तुत गरिएको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)