पाँच लाख घुससहित पक्राउ परेका कर अधिकृतलाई बर्दिबास लगियो
onlinekhabar.com · Thu Jul 23 12:11:52 GMT 2026

७ साउन, सिरहा । पाँच लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले थप अनुसन्धानका लागि बर्दिबास लगेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले बिहीबार कार्यालयमै ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पाललाई रंगेहात पक्राउ गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)