फक्ताङलुङका विद्यालय तीन दिन बन्द
gorkhapatraonline.com · Thu Sep 24 01:42:54 GMT 2026

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका कारण गाउँपालिकाभित्र सञ्चालित सम्पूर्ण विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको छ । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म देशभर उच्च सतर्कता अपनाउन सूचना जारी गरेपछि गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाले असोज ९ देखि ११ गतेसम्म विद्यालय बन्द गरी विद्यार्थीलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ । गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्तिले) जारी गर्नुभएको सूचनामा प्रतिकूल मौसमका कारण हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको उल्लेख छ । गाउँपालिकाले विद्यालय प्रशासनलाई निर्णय कार्यान्वयन गर्न जानकारी गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)