गठ्ठाघर–जडिबुटी खण्डमा मोटरसाइकल दुर्घटना, एक किशोरको मृत्यु
barnanmedia.com · Thu Sep 24 01:31:19 GMT 2026

काठमाडौं । भक्तपुरको गठ्ठाघर–जडिबुटी खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । आज बिहान करिब चार बजे बुलेट मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा २१ वर्षीय किशोरको मृत्यु भएको हो ।
उनको भक्तपुरको अस्पतालमा उपचारका लागि पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना भएको मोटरसाइकल र मृतकको थप विवरण खुलेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)