मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

शैक्षिक योग्यता नपुग्ने भन्दै गभर्नर अधिकारीविरुद्ध रिट

nayapatrikadaily.com · Fri Dec 29 00:27:00 GMT 2023

नेपाल राष्ट्र बैंकको गभर्नर बन्न शैक्षिक योग्यता नपुग्ने दाबीसहित महाप्रसाद अधिकारीविरुद्ध सर्वाेच्च अदालतमा बिहीबार रिट दायर भएको छ । चार्टर्ड एकाउन्टेन्ट पूरा गरेका अधिकारीको शैक्षिक योग्यता गभर्नर पदका लागि योग्य नभएको दाबी गर्दै उनीविरुद्ध चारजना अधिवक्ताले संयुक्त रिट दायर गरेका हुन् । रिट दायर गर्ने अधिवक्ताहरूमा दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारी रहेका छन् ।

गभर्नर नियुक्तिका लागि राष्ट्र बैंक ऐन, २०५८ को दफा २० मा उल्लिखित शैक्षिक योग्यता नपुग्ने रिटमा उल्लेख छ । यो दफाको ‘ग’मा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा वाणिज्य कानुनको क्षेत्रमा कार्य अनुभव हासिल गरेको हुनुपर्ने व्यवस्था छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)