भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
clickmandu.com · Sun Jun 07 01:01:46 GMT 2026

काठमाडौं । भारतको सहयोगमा २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत सम्पन्न ७२ स्वास्थ्य संस्था तथा १२ सांस्कृतिक सम्पदा परियोजना ‘भर्चुअल’ रूपमा हस्तान्तरण गरिएका छन् ।
भारतको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाललाई शनिबार भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सो परियोजना हस्तान्तरण गरेका हुन् । त्यसैगरी, उनीहरूले शनिबार नै भारत र नेपालको ‘राष्ट्रिय भुक्तानी प्रणाली इन्टरफेस’बीच सीमा–पार व्यक्तिगत रेमिट्यान्सलाई सहज बनाउनका लागि जोड (लिंकेज) संयुक्त रूपमा शुभारम्भ गरेको विदेशमन्त्री जयशङ्करले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)