तीन दिनसम्म उच्च सतर्कता अपनाउन आग्रह
gorkhapatraonline.com · Thu Sep 24 01:47:07 GMT 2026

मौसम पूर्वानुमान महाशाखाले ठुलो वर्षा हुने प्रक्षेपण गरेपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङसहित यहाँका स्थानीय तहले सतर्कता अपनाउन आग्रह गरेका छन् । असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म जिल्लावासी तथा आम नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयसहित ताप्लेजुङका नौ वटै स्थानीय तहले बुधबार सूचना जारी गर्दै शुक्रबार, शनिबार र आइतबार तीन दिनसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । उक्त अवधिमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेकाले सम्भावित विपत्बाट जोगिन आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन सबै पक्षलाई आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)