वर्षा र हिमपातको जोखिम बढेपछि पदयात्रामा नपठाउन टान गण्डकीको अपिल
ratopati.com · Thu Sep 24 01:50:43 GMT 2026

पोखरा । हिमाली भेगमा भारी वर्षा र हिमपातको सम्भावना देखिएपछि ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) गण्डकीले पदयात्रा नगर्न र नपठाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा ठूलो वर्षा र हिमपात हुने भन्दै सचेत गराएको छ ।
खासगरी गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका धेरैजसो स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी र केही स्थानमा अति भारी वर्षा हुने सम्भावना देखाएको छ । हिमपातसँगै अविरल वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहाव बढ्ने अनुमान गरिएको छ । यसले पदमार्ग, सडक एवम् हवाई यातायात समेत प्रभावित हुन सक्ने चेतावनी दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)