आजदेखि पर्पल रंग मिसिएको १००० दरका नयाँ नोट बजारमा, गभर्नर पौडेलको हस्ताक्षर हुने
clickmandu.com · Thu Sep 24 02:00:00 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारदेखि १ हजार रुपैयाँ दरको नयाँ बैंकनोट (सिरिज २०२५) प्रचलनमा ल्याएको छ । नयाँ नोट साविककै आकारमा रहे पनि यसको रङ संयोजन परिमार्जन गरी पर्पल (बैजनी) रङको घेराभित्र फिक्का हरियो देखिने गरी तयार पारिएको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार यो नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ । नयाँ नोट सङ्केत नम्बर ट/९२ ०००००१ देखि त/५० ९९९९९९ सम्म जारी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)