कृष्णभिर र ज्यामिरेमा पहिरो खस्यो, पृथ्वी राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा
nepalviews.com · Thu Sep 24 02:02:15 GMT 2026

काठमाडौं। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार शुक्रबार बिहान करिब साढे ५ बजे बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभिरभन्दा १०० मिटर अगाडि लेदोसहितको पहिरो खस्दा राजमार्ग एकतर्फी मात्र सञ्चालन भइरहेको छ। सोही गाउँपालिकाको वडा नं. ९ ज्यामिरे क्षेत्रमा पनि पहिरो खसेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)