चिनियाँ राष्ट्रपतिलाई एयरपोर्टमै पुगेर ट्रम्पले गरे स्वागत
kendrabindu.com · Thu Sep 24 02:14:35 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङको विमानस्थलमै पुगेर स्वागत गरेका छन् । सीको तीनदिने राजकीय भ्रमणको सुरुआतमा ट्रम्पले ‘जोइन्ट बेस एन्ड्र्युज’ पुगेर विमानस्थलमै उनको स्वागत गरेका हुन् । व्यापार, कृत्रिम बौद्धिकता (एआई), सुरक्षा र ताइवानलगायत विषयमा उच्चस्तरीय वार्ता हुने भ्रमणका क्रममा ट्रम्प र सीबीचको यो तेस्रो प्रत्यक्ष भेटघाट हो ।
संक्षिप्त तर भव्य स्वागतका क्रममा ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले धावनमार्गमा पुगेर सी चिनफिङ र उनकी पत्नी पेङ लियुआनलाई स्वागत गरेका थिए । स्वागतका लागि धावनमार्गमा रातो कार्पेट ओछ्याइएको थियो । विमानबाट ओर्लिएपछि दुवै नेताले आफ्ना पत्नीलाई साथमा राखेर हात मिलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)