नेपाल टी–२० लिग : लुम्बिनी अल स्टार्स च्याम्पियन
nayapatrikadaily.com · Thu Jan 12 00:55:00 GMT 2023
लुम्बिनी अल स्टार्स पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनीले पहिलो संस्करणको उपाधि जितेको हो ।
प्रतियोगितामा १२ मध्ये दुई खेलमा हार व्यहोरेको लुम्बिनीले ट्रफीसँगै ५० लाख प्राप्त गरेको छ । १३ मध्ये ६ खेलमा हारको सामना गरेको विराटनगरले उपविजेताका रूपमा ३० लाख रुपैयाँ पायो । तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले पाँच लाख प्राप्त गरेका छन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी विराटनगरका हुसेन टलट घोषित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)