गण्डकी प्रदेशस्तरीय ह्यान्डबलः कास्की र तनहुँ च्याम्पियन
barnanmedia.com · Sun Jun 23 22:35:00 UTC 2024
गण्डकी प्रदेशस्तरीय महिला÷पुरुष ह्यान्डबल प्रतियोगितामा कास्की र तनहुँ च्याम्पियन भएका छन् । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल सङ्घको व्यवस्थापनमा पोखरा रङ्गशालामा आज सम्पन्न फाइनलमा महिलातर्फ कास्की र पुरुषतर्फ तनहुँले उपाधि जितेका हुन् ।
महिलातर्फको फाइनल खेलमा कास्कीले स्याङ्जालाई १२–२ को फराकिलो गोलअन्तरले हारउँदै उपाधि चुमेको हो । साथै पुरुषतर्फ तनहुँले कास्कीलाई ३४–३३ गोलले हराउँदै उपाधि चुमेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)