सरुवा भएको भनिएका अर्थसचिव हमाल अझै मन्त्रालयमै, बजेट निर्माणमा सक्रिय
ratopati.com · Thu Sep 24 02:27:06 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव राजेन्द्रकुमार हमाल संघीय सरकारले सरुवा गरेको भनिए पनि अझै प्रदेशमै कार्यरत छन्। सरुवा भएको एक साता बितिसक्दा पनि उनले रमाना नलिएको पाइएको छ।
संघीय सरकारले हमाललाई काठमाडौँस्थित राष्ट्रिय महिला आयोगमा सचिवका रूपमा सरुवा गरेको बताइएको छ। मन्त्रिपरिषद्को निर्णयपछि उनको सरुवा भएको दाबी गरिए पनि प्रदेश सरकारलाई भने यसबारे औपचारिक जानकारी प्राप्त नभएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)