च्यासलमा एमाले सचिवालय बस्दै, नेताहरूको जिम्मेवारी तोकिने
kendrabindu.com · Thu Sep 24 02:29:27 GMT 2026

काठमाडौं । केन्द्रीय कमिटीको तेस्रो बैठककै बीचमा एमालेको सचिवालय बैठक अहिले बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ । बैठक सकिएपछि दिउँसो १२ः३० देखि बस्ने गरी केन्द्रीय कमिटीको बैठक शुरू हुने भएको छ ।
प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार नेताहरूको कार्यविभाजन प्रस्ताव सचिवालयबाट पारित गरिने र केन्द्रीय कमिटीमा पेश गर्ने प्रयोजनका लागि सचिवालय बैठक बस्न लागेको हो । एमालेको ११ औं महाधिवेशनपछि केन्द्रीय कमिटीको कार्यविभाजन हुन सकेको थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)