कित्ता नं.११५ को रिट खारेज, सार्वजनिक जग्गा संरक्षणको बाटो खुल्यो
gorkhapatraonline.com · Thu Sep 24 02:30:35 GMT 2026

महोत्तरीको गौशाला नगरपालिका–५ स्थित लामो समयदेखि विवादमा रहेको कित्ता नं. ११५ सम्बन्धी तीनवटा रिट निवेदन उच्च अदालत जनकपुरधामले खारेज गरेको छ। अदालतको आदेशसँगै नेपाल सरकारको नाममा रहेको उक्त सार्वजनिक जग्गामा निर्माण गरिएका अनधिकृत संरचना हटाउने तथा जग्गा संरक्षण गर्ने नगरपालिकाको प्रक्रियाले कानुनी आधार पाएको छ।
उच्च अदालत जनकपुरधामको ५ नं. इजलासका न्यायाधीशद्वय फर्पा तामाङ र टीकाराम आचार्यको संयुक्त इजलासले दिनेशकुमार साह कलवार, अशरफ अली शेख र अजयकुमार साहले छुट्टाछुट्टै दायर गर्नुभएको उत्प्रेषण मिश्रित प्रतिषेध रिट निवेदन खारेज गर्ने आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)