कर्णाली प्रदेशका सांसदले स्वकीय सचिव पाउँने, तलब सुविधा दिने सरकारको निर्णय
kendrabindu.com · Thu Sep 24 02:39:14 GMT 2026

सुर्खेत । एक वर्षपछि कर्णालीमा प्रदेशसभा सदस्यका स्वकीय सचिवहरुको तलब सुविधा ‘ब्युँताइएको’ छ । गत भदौ २४ गतेको कर्णाली मन्त्रिपरिषद्को बैठकको निर्णय कार्यान्वयनका लागि प्रदेशसभा सचिवालयमा पत्राचार भएसँगै सांसदका स्वकीय सचिवहरुले तलबलगायतको सुविधा पाउने भएका हुन् ।
संघीय सरकारको २०८२ असोज ५ गतेको मन्त्रीस्तरीय निर्णयमार्फत सांसदका स्वकीय सचिवहरुको सुविधा खारेज गर्ने निर्णय गरिएको थियो । त्यही निर्णयका आधारमा कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशसभा सचिवालयलाई ‘संघीय सरकारको निर्णय तत्काल कार्यान्वयन गर्न’ निर्देशन दिँदै पत्राचार गरेको थियो । स्वकीय सचिवहरुको तलब रोकिएपछि सांसदहरुले पटकपटक प्रदेशसभा बैठकमै रोकिएको पारिश्रमिक उपलब्ध गराउन सरकारलाई दवाव दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)