वर्षासँगै दाङका जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता
gorkhapatraonline.com · Thu Sep 24 02:44:31 GMT 2026

वर्षासँगै बाढीको उच्च जोखिम रहेका दाङका विभिन्न क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। असोज ९ गतेदेखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमानसँगै दाङमा विपद् जोखिम न्यूनीकरणका लागि सुरक्षा निकाय र प्रशासनले पूर्वतयारी थालेका छन्। उनीहरूले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
सोहीअन्तर्गत बाढीको जोखिम रहेका देउखुरीका विभिन्न क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नं. २९ गण हेडक्वार्टर, भालुवाङले राप्ती नदीको तटीय क्षेत्रमा सार्वजनिक रूपमा माइकिङ गर्दै नदी किनारमा नजान र सुरक्षित रहन सर्वसाधारणलाई आग्रह गरेको छ। गणका प्रमुख प्रहरी उपरीक्षक यदु कार्कीका अनुसार प्रहरी नायब उपरीक्षक बाबुराम थापाको कमान्डमा खटिएको टोलीले बुधबार नदी तटीय क्षेत्रमा पुगेर सचेतनामूलक माइकिङ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)