लोक सेवाको नतिजा प्रकाशनमा ढिलाइ नगर्नू : सर्वोच्च
annapurnapost.com · Thu Sep 24 02:35:44 GMT 2026

काठमाडौं : लोकसेवा आयोगद्वारा प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव)का विज्ञापित पदहरूको अन्तिम नतिजा प्रकाशन गर्न सर्वोच्च अदालतले आन्तरीम आदेश जारी गरेको छ।
न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले मनबहादुर थापासमेतले लोकसेवा आयोग केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंविरुद्ध दायर गरेको उत्प्रेषणसहितको रिट निवेदनमा बुधबार अदालतले यस्तो आदेश जारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)