ज्यामिरेमा पन्छ्याइयो पहिरो, खुल्यो पृथ्वी राजमार्ग
himalpress.com · Thu Sep 24 02:44:55 GMT 2026

काठमाडौँ- पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका ७ स्थित कृष्णभीर नजिकै र वडा नम्बर ९ को ज्यामिरे भन्ने स्थानमा खसेको पहिरो पन्छाएसँगै राजमार्ग दुईतर्फी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ।
अविरल वर्षापछि यी दुई स्थानमा लेदोसहित पहिरो खसेका कारण शुक्रबार बिहान राजमार्ग एकतर्फी सञ्चालनमा थियो । यसअघि १० र १४ भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको ठूलो बाढीले कृष्णभिरमा सडक कटान गर्दा १८ दिन पृथ्वी राजमागर्ग अवरुद्ध बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)