नयाँ डिजाइनको १ हजार रुपैयाँको नोट चलनचल्तीमा
nepalnews.com · Thu Sep 24 02:47:26 GMT 2026

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट चलनचल्तीमा ल्याएको छ। ‘सिरिज २०२५’ नाम दिइएको उक्त नोटमा सुरक्षाका लागि थप आधुनिक विशेषताहरू समावेश गरिएको छ।
नयाँ नोटको अग्रभागमा सगरमाथाको चित्र छ भने दृष्टिविहीन व्यक्तिले स्पर्श गरी पहिचान गर्न सक्ने विशेष चिन्ह र रङ परिवर्तन हुने सुरक्षण धागो राखिएको छ। नोटको पृष्ठभागमा चितवनका दुर्लभ जुम्ल्याहा हात्ती राम र लक्ष्मण, सातवटा लालीगुराँस र हनुमानढोकाको ऐतिहासिक थामको आकृति अंकित गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)