आजदेखि चलनचल्तीमा हजारका नयाँ नोट
kendrabindu.com · Thu Sep 24 02:47:45 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार (असोज ८) देखि एक हजार दरका नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ ।साविककै आकारमा रङ परिमार्जन गरी नयाँ एक हजार दरको नयाँ बैंकनोट (सिरिज २०२५) चलनचल्तीमा ल्याइएको हो । उक्त नोट आजदेखि लागु हुने गरी जारी गरिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
नयाँ नोटको रङ बैजनी घेराभित्र फिक्का हरियो रहेको छ । यो नोटको संकेत नम्बर ट/५२ ०००००१ देखि त/५० ९९९९९९ सम्म रहेको छ । नोटको अगाडिपट्टीको मध्य भागमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ भने तल्लो भागमा सिरिज नम्बर वि.सं. २०८२ लेखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)