दिवा शिशु केन्द्रको पूर्वाधार सुधार प्रक्रिया अघि बढ्दै
nagariknews.nagariknetwork.com · Thu Jul 23 13:18:48 GMT 2026

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सिंहदरबारस्थित दिवा शिशु केन्द्रको स्थलगत अनुगमन गर्दै केन्द्रको पूर्वाधार सुधार तथा पुनर्संरचनाको प्रक्रिया अघि बढाउने तयारी गरिएको बताएकी छन्। मन्त्री बादीसँग मन्त्रालयका सम्बन्धित अधिकारी तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिवले पनि अनुगमनमा सहभागिता जनाएका थिए। टोलीले केन्द्रको सेवा सञ्चालन, बालबालिकालाई उपलब्ध हेरचाह सेवा, भौतिक पूर्वाधार र समग्र व्यवस्थापनको अवस्थाबारे अवलोकन गरेको थियो।
अनुगमनका क्रममा केन्द्र परिसरमा रहेको पुरानो भवनको संरचनागत अवस्था, उपयोगिता तथा त्यसलाई दिवा शिशु केन्द्रकै प्रयोजनमा प्रयोग गर्न सकिने सम्भावनाबारे पनि अध्ययन गरिएको थियो। भवनलाई मर्मत तथा स्तरोन्नति गरेर उपयोग गर्ने वा आवश्यकताअनुसार पुनर्संरचना गर्ने विषयमा प्राविधिक अध्ययन अघि बढाउनेबारे छलफल भएको मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)