गर्मीले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
corporatenepal.com · Thu Jul 23 13:17:52 GMT 2026

लन्डन । जुन महिनामा परेको रेकर्डस्तरको गर्मीको लहरका कारण बेलायतमा करिब दुई करोड ४० लाख कार्यघण्टा गुम्दा अर्थतन्त्रले एक अर्ब १५ करोड पाउन्ड (करिब एक अर्ब ५० करोड अमेरिकी डलर) बराबरको क्षति बेहोरेको नयाँ अध्ययनले देखाएको छ । अत्यधिक गर्मीका कारण विशेषगरी बाहिरी वातावरणमा शारीरिक श्रम गर्ने कामदार सबैभन्दा बढी प्रभावित भएको अध्ययनले जनाएको छ ।
लन्डन स्कुल अफ इकोनोमिक्स (एलएसई) को ग्रान्थम रिसर्च इन्स्टिच्युट र युरो–मेडिटेरेनियन सेन्टर अन क्लाइमेट चेन्ज (सीएमसीसी) ले सार्वजनिक गरेको अध्ययनअनुसार निर्माण र कृषि क्षेत्रका कामदारले अत्यधिक गर्मीका कारण आफ्नो काम गर्ने समय उल्लेखनीय रूपमा घटाएका थिए । तुलनात्मक रूपमा कम शारीरिक श्रम हुने पेशामा कार्यरत व्यक्तिहरूमा यस्तो प्रभाव कम देखिएको अध्ययनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)