हचुवाका भरमा राजदूत सिफारिस - प्याकुरेलद्वारा कोरियाको राजदूत बन्न अस्वीकार
Ujyaaloonline.com · Sun Jun 23 23:01:35 UTC 2024

काठमाण्डाै – सरकारले हचुवाको भरमा राजदूत सिफारिस गरेको भन्दै सुशील प्याकुरेलले राजदूत बन्न अस्वीकार गर्नुभएको छ ।
मन्त्रिपरिषद्को अस्ति शुक्रवारको बैठकले सुशील प्याकुरेललाई दक्षिण कोरियाको राजदूतमा सिफारिस गरेको थियो । तर आज प्याकुरेलले विज्ञप्ति निकालेर राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यदक्षता, रुचि, कूटनीतिको विषय र सम्बन्धित देशको राजनीतिक, आर्थिक, सामाजिक स्थितिसम्बन्धी ज्ञानका विषयमा पूर्वविमर्श नगर्ने सरकारको प्रचलनबाट आफू आश्चर्यचकित भएको बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)