काठमाडौंमा ‘एआई फर ह्युम्यानिटी’ सम्मेलन
baahrakhari.com · Thu Jul 23 13:27:28 GMT 2026

काठमाडौं । नेपालले राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) नीति लागु गरी राष्ट्रिय एआई केन्द्र स्थापना गरेको सन्दर्भमा वर्ल्ड फोरम फर एथिक्स इन बिजनेस (डब्लुएफईबी)ले काठमाडौंमा ‘एआई फर ह्युम्यानिटीः नेभिगेटिङ द ग्रेट सोसाइटल च्यालेन्जेज अफ द एआई एज’ विषयक विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा एआईको जिम्मेवार, समावेशी र नैतिक प्रयोगबारे अन्तर्राष्ट्रियस्तरमा छलफल गरिएको हो ।
द सोल्टी होटेलमा आयोजित कार्यक्रममा डब्लूएफईबीका अध्यक्ष डा. सञ्जय प्रधानले कृत्रिम बुद्धिमत्ताले नेपालका लागि सिर्जना गर्न सक्ने अवसर र त्यससँगै आउने चुनौतीबारे प्रकाश पारे । उनले एआईले राष्ट्रिय विकास, सुशासन र युवाको सशक्तीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउन सक्ने उल्लेख गर्दै मानव मर्यादा, लोकतान्त्रिक मूल्य र मानवीय स्वायत्तताको संरक्षण गर्ने नैतिक एआई विकासमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)