भाेटेकाेशी बाढी: बुबा र भाइको श*व नपाउँदै छोरीले दिइन् दागबत्ती
nagariknews.nagariknetwork.com · Thu Sep 24 02:44:49 GMT 2026

बुबा र भाइ कहाँ छन् भन्ने जवाफ नपाउँदै २१ वर्षीया रिता भण्डारीले उनीहरूको कुशको शवलाई दागबत्ती दिइन्। गत भदौ १० गते रसुवामा आएको बाढीमा बेपत्ता भएका जुम्लाको पातारासी गाउँपालिका–४ लाम्रीका अमर भण्डारी र उनका छोरा अनिलको अहिलेसम्म अत्तोपत्तो छैन।
शव नभेटिएपछि हिन्दू परम्पराअनुसार कुशको शव बनाएर दाहसंस्कार गरिएको हो। बुबा र भाइको अन्तिम अनुहारसमेत हेर्न नपाएकी रिताले आफैं दागबत्ती दिनुपर्यो। बेपत्ता आफन्तको अवस्थाबारे अन्तिम जवाफ नआउँदै परिवारले संस्कार पूरा गर्नुपर्ने अवस्था आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)