कांग्रेस पुतलीबजारको सभापतिमा अधिकारी विजयी
ratopati.com · Thu Sep 24 02:52:25 GMT 2026

पोखरा । नेपाली कांग्रेसको पुतलीबजार नगरपालिका सभापतिमा सुरजकुमार अधिकारी विजयी भएका छन् । स्याङ्जाको पुतलीबजारमा सम्पन्न अधिवेशनबाट अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । ४ सय ५७ मत खसेकोमा अधिकारीले २ सय ५९ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिस्पर्धी लेखनाथ शर्माले १ सय ९१ मत मात्रै पाएका थिए । त्यस्तै सचिव पदमा ख्यामकान्त अर्याल विजयी भएका छन् । उनले २ सय ४५ मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिस्पर्धी रामप्रसाद लम्सालले १ सय ९१ मत प्राप्त गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)