मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर छली गर्ने कम्पनीको खारेजी रोक्न निवेदन

nepaltvonline.com · Mon Apr 01 23:13:40 UTC 2024

काठमाडौँ- राजस्व अनुसन्धान विभागले रु पाँच अर्ब १८ करोड बढी राजस्व छली गरेको आरोप लागेको अमेरिकी सफ्टवेयर कम्पनी कोटीभिटी नेपाल प्रालिको खारेजी प्रक्रिया रोक्न आज कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिएको छ ।

विभागका अनुसन्धान अधिकृत केदार कोइरालाले उक्त कम्पनीले खारेजीमा जानका लागि कार्यालयमा निवेदन दिइएको पाइएपछि त्यसलाई रोक्न अनुरोध गरिएको जानकारी दिनुभयो । विभागका अनुसार कोटीभिटीले अर्को कम्पनी खडा गरेर खारेजीको प्रक्रियामा जान निवेदन दिएको खुलेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)