मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मेलम्चीको पानी नआउँदा काठमाडौंमा शिवपुरी धाप ड्यामबाट पानी ल्याइने

barnanmedia.com · Sun Jun 23 23:04:19 UTC 2024

बाढीको जोखिम न्यूनीकरण गर्न मेलम्ची खानेपानी आयोजनाको बाँध बन्द गर्ने तयारी गरिएसँगै बर्खाकै बेला काठमाडौं उपत्यकामा खानेपानी अभाव पुनः दोहोरिने भएको छ । मेलम्चीको बाँधस्थलमा स्थायी हेडवर्क्स नहुँदा खेलामा पानी धमिलो हुनेबित्तिकै बन्द गर्नुपर्ने आयोजनाले जनाएको छ ।

काठमाडौं उपत्यकामा मेलम्चीको पानी बन्द भएसँगै पुनः ट्यांकरको भर पर्नुपर्ने डरमा स्थानीय छन् ।‘मेलम्ची आइन्जेल पानीको ढुक्क थियो, बन्द भयो भने फेरि पानी ट्यांकरबाट ल्याएर पानी खानुपर्ने अवस्था आउँछ । मेलम्चीको त ठेगान नै नहुने भयो,’ काठमाडौंको थापागाउँका स्थानीय नरनाथ भेटवाल भन्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)