मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

किन निम्तन्छ शारीरिक अशक्तता ?

rajdhanidaily.com · Mon Apr 01 23:11:57 UTC 2024

संसारभर दिनैपिच्छे मानिसमा शारीरिक अशक्तता बढ्दै गएको छ । मानिसले मेडिकल औषधि पनि प्रयोग गरिरहेका छन् । आयु पनि बढिरहेको छ । तर, विश्वभरका मानिसमा शारीरिक अशक्तता पनि चुलिँदो छ । यसको कारण के होला भन्ने’bout चिकित्सक एउटै निष्कर्षमा पुगेका छन् । उनीहरूका अनुसार मानिसमा स्नायु रोग तीव्रतामा वृद्धि भइरहेको छ । यही स्नायु रोगबाट पीडित हुनजाँदा मानिसमा विभिन्न किसिमका शारीरिक अशक्तता पैदा हुन गइरहेका छन् ।

स्नायु मानिसको शरीररूपी केन्द्रीय सदरमुकाम हो । यहाँबाट सबै काम केन्द्रीय रूपमा हुने गर्छ । यही केन्द्र अबका दिनमा निकै कमजोर हुँदै गइरहेको छ । स्नायु समस्याका कारण विश्वमा ३ अर्ब ४० करोडभन्दा बढी मानिसमा कुनैकुनै शारीरिक अशक्तता पैदा हुन गएको छ । स्नायु रोग नै मानिसलाई बिस्तारै शारीरिक रूपमा अशक्त बनाउने प्रमुख कारण बन्दै गएको छ । यो समस्या त यतिसम्म बिकराल बनिरहेको छ कि जोसुकै तीन जना व्यक्तिमध्ये हरेक एक जना स्नायु समस्यामा अल्झिने गरेका छन् । स्नायु बिरामीको यो अनुपात निकै भयावह हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)