मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पुँजी निर्माण, सहकारी र हाम्रो अभिमत

rajdhanidaily.com · Mon Apr 01 23:14:15 UTC 2024

२० चैतलाई मुलुकले राष्ट्रिय सहकारी दिवसका रूपमा मान्ने गरेको छ । हिजोआज सहकारी वा लघुवित्त संस्था भनेपछि सबैलाई एलर्जी हुन थालेको छ । हाम्रो जस्तो विकासोन्मुख र भौगोलिक विकटताको मुलुकलाई सहकारीको आवश्यकता रहेको हो । पूर्वीय धर्म दर्शनमा साझा अवधारणा संसारको सृष्टिदेखि नै सुरु भएको हो । सन् १८४४ मा विश्वमा पहिलो स्थापित रोचडेल समतामूलक अग्रणी संस्थाले आधुनिक सहकारीको अवधारणाको बीजरोपण गरेको हो । यसले सन् १८४५ मा व्यवसायको समीक्षासहित पाँचवटा नीतिगत निर्णय लियो, जसलाई सहकारीको ५ सिद्धान्त भनियो भने कार्यान्वयन गर्दैजाँदा फरक अभ्यास पनि हुँदै आयो । सन् १८९५ मा सहकारी महासंघको स्थापना, सन् १९३७ मा सहकारीको रोचडेली सिद्धान्त सातबुँदे पारित गर्दै सन् १९६६ मा ६ सिद्धान्त प्रतिपादन र सन् १९९५ मा पुग्दा सहकारीका ७ सिद्धान्त अर्थात् खुला र स्वेच्छिक सदस्यता, प्रजातान्त्रिक नियन्त्रण, सदस्यहरूका बीच आर्थिक सहायता र सहभागिता, स्वायत्तता र स्वतन्त्रता, निरन्तर शिक्षा, तालिम र सूचना, सहकारीबीच सहकार्य र समुदायप्रतिको चासो मुख्य छन् ।

सन्दर्भ : राष्ट्रिय सहकारी दिवस

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)