पोखराका स्कुलहरू २ दिन बन्द
ratopati.com · Thu Sep 24 02:59:01 GMT 2026

पोखरा । अत्यधिक वर्षाबाट बाढी, पहिरो लगायत जोखिम रहने भन्दै मौसम विज्ञान विभागले सूचित गरेपछि पोखराले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा २ दिन स्थानीय बिदा दिने निर्णय गरेको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सूचना जारी गर्दै आज र भोलि विद्यालयहरू बन्द रहने जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)