बाढीमा भेटिएका लकरको धनी खोजिँदै
annapurnapost.com · Thu Sep 24 02:51:28 GMT 2026

नुवाकोट : लेन्दे खोलाबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको प्रलयकारी बाढीले बगाएर नुवाकोटमा ल्याएका विभिन्न ‘लकर’ तथा दराजका धनीको खोजी कार्य सुरु गरिएको छ। प्रहरीले दुई थान लकरको फोटो सार्वजनिक गर्दै त्यसको वास्तविक धनीको खोजी सुरु गरेको हो।
बाढीको फोहोर हटाउने क्रममा नुवाकोटका विभिन्न स्थानबाट हालसम्म दुई थान लकर र एक थान लकरसहितको दराज फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। प्रहरीका अनुसार विदुर नगरपालिका–१ ढुंगे, विदुर नपा–३ बुधसिंघाट र सोही वडाको छत्रेखोला दोभानमा ती सामग्री फेला परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)