उच्च र प्राविधिक शिक्षा विस्तारका योद्धा अस्ताए
annapurnapost.com · Thu Sep 24 02:47:14 GMT 2026

काठमाडौं : मुलुकको उच्च शिक्षामा विश्वविद्यालयको अवधारणालाई संस्थागत रूप दिन र प्राविधिक शिक्षाको विस्तारमा जीवनको उर्बर समय खर्चिएका शिक्षाविद् प्रा.डा. सुरेशराज शर्मा अस्ताए।
काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति शर्माको बुधबार ८६ वर्षको उमेरमा निधन भयो। काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा उनको निधन भएको अस्पतालका अध्यक्ष आरएस भण्डारीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)