विपद्को घेरामा नेपाल
annapurnapost.com · Thu Sep 24 02:57:45 GMT 2026

नेपालको ८० प्रतिशतभन्दा बढी भाग पहाडले ढाकेको छ। करिब ६० मिटर अर्थात् झापाको कञ्चनकलदेखि सगरमाथाको ८,८४८.८६ मिटरसम्म उचाइका भाग यहाँ छन् । उचाइ बढ्दै जाँदा तापक्रम घट्दै जान्छ र तल्लो भाग र माथिल्लो भागको हावापानीमा फरक पर्छ ।
माथिल्लो उचाइमा रहेका भागमा तापक्रम कम हुन्छ, त्यसैकारण वर्षाको पानी हिउँका रूपमा पर्छ। वर्षाका रूपमा परेको पानी पनि माटो र चट्टानका दरारहरूमा ढकमक्क भई बस्छ । चिसोका कारण तुसारो तथा बरफमा परिवर्तन हुन्छ। हिउँ, बरफ र तुसारो जस्ता भूसतह परिवर्तनका संवाहकहरूको कार्यले विभिन्न किसिमका भू–आकृति, हिमनदी र हिमताल निर्माण गर्दछन्, जुन आफैंमा चलायमान भइरहन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)