मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चेल्सी र सिटीबीच ८ गोलको बराबरी

ekantipur.com · Mon Nov 13 02:12:51 GMT 2023

काठमाडौँ — इंग्लिस प्रिमियर लिग इतिहासकै एक उत्कृष्ट रोमाञ्चक खेलमा चेल्सी र म्यानचेस्टर सिटीले आइतबार ८ गोलको बराबरी खेलेका छन् । कोल पाल्मरले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा चेल्सीका लागि पेनाल्टीबाट गोल गरेपछि खेल ४–४ को बराबरी भएको थियो ।

स्टायनफोर्ड ब्रिजमा भएको उच्च दर्जाको खेलमा कहिले घरेलु टिम बलियो देखिएको थियो भने कहिले सिटी । रोड्रिले ८६ औं मिनेटमा गोल गर्दै सिटीलाई ४–३ को अग्रता दिलाउँदा उसको जित निश्चित देखिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)