कांग्रेस भरतपुर महानगर सभापतिमा न्यौपाने
baahrakhari.com · Thu Sep 24 03:07:56 GMT 2026

चितवन । नेपाली कांग्रेस भरतपुर महानगर समितिको सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार (असोज ७) सम्पन्न अधिवेशनबाट न्यौपानेको सभापतित्वमा नयाँ समिति चयन गरिएको हो ।
कांग्रेस भरतपुर महानगरको निर्वाचनमा एक हजार ३३५ मतदाता थिए । त्यसमध्ये एक हजार २३२ जनाले मतदान गरेका कांग्रेस केन्द्रीय सदस्य जितनारायण श्रेष्ठले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)