छाउगोठ त्याग्दै महिला
gorkhapatraonline.com · Thu Sep 24 03:10:04 GMT 2026

बाजुरामा महिनावारी भएका महिला छाउगोठ छोडेर घरको कोठामा सुत्न थालेका छन् । यहाँका स्थानीय, स्थानीय सरकार, प्रहरी प्रशासनले महिलालाई महिनावारी भएका बेला बाहिर सुत्नु हुँदैन भन्ने जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएपछि अहिले उनीहरू छाउगोठ त्यागेर घरको कोठामा सुत्नथालेका हुन् ।
हिमाली गाउँपालिका–६, बोल्ढिककी जन्मा पाण्डे पछिल्लो समय महिनावारी भएका बेलामा आफू घरैको पाँडमा बस्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा महिनावारी भएका महिला घरमा बसे देवीदेवता रिसाएर प्रलय हुन्छ भन्दै छाउघरमा बस्न बाध्य पारिन्थ्यो । अहिले त्यस्तो सोचाइमा केही परिवर्तन आउन थालेको छ । हामी घरैमा बस्दा न देवता रिसाएका छन् न कुनै प्रलय नै भएको छ ।”उहाँ विगत सम्झँदै भन्नुहुन्छ, “हरेक महिना पाँच दिनसम्म कष्टकर रूपमा छाउगोठ बस्दा चिसोले सताउँथ्यो । जनावर र विषालु जीवको सधैँ डर भइरहन्थ्यो । अहिले कम्तीमा त्यस्तो डर मान्नु पर्दैन ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)