भारी वर्षाको पूर्वानुमानपछि उच्च सतर्कता अपनाइँदै
gorkhapatraonline.com · Thu Sep 24 03:13:18 GMT 2026

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्वतयारीका साथ उच्च सतर्कता अपनाएको छ ।
प्रदेश सरकारले वर्षाका कारण आउन सक्ने बाढीपहिरो जस्ता विपत्का घटनामा कुनै पनि ठुला दुर्घटना वा मानवीय क्षति हुन नदिने गरी पूर्वतयारीका साथ उच्च सतर्कता अपनाएको हो । सरकारले अति भारी वर्षा हुन सक्ने प्रक्षेपण गरिएको दार्चुला, बझाङ, बाजुरामा नागरिकलाई सचेत गर्दै सतर्क रहन आग्रह गरिसकेको सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)