आज कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी बर्षा, मधेशमा हावाहुरी चल्ने
annapurnapost.com · Thu Sep 24 03:07:32 GMT 2026

काठमाडौं : हाल देशभर मनसुनी वायु र पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बङ्गालको खाडीको गहिरो न्यून चापीय क्षेत्र भारतको विशाखापट्टनम र गोपालपुरको बीच, कलिंगपट्टनमको दक्षिणपश्चिम नजिकबाट उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तट पार गरेको छ।
यो प्रणाली सुरुमा गहिरो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तरपश्चिमतर्फ सर्ने सम्भावना रहेको छ भने त्यसपछि आगामी २४ घण्टामा उत्तर-उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)