एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
ratopati.com · Thu Jul 23 13:49:19 GMT 2026

चितवन । चितवनमा गत आर्थिक वर्ष २०८२/८३ मा एक हजार ८७६ वटा मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय र मातहतका इलाका प्रहरी कार्यालयमा ती मुद्दा दर्ता भएका हुन् । प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार दर्ता भएका मुद्दामध्ये एक हजार २९२ मुद्दा फछ्र्यौट भएको छ। पाँच सय ८४ मुद्दा बाँकी रहेको उनले जानकारी दिए।
कर्तव्य ज्यान, करणी, सार्वजनिक हितविरुद्धको कसुर, बैंकिङ कसुर, लागुऔषध, आत्महत्या, चोरी, सवारी ज्यानसम्बन्धीसहितका अपराधका मुद्दा दर्ता भएका हुन्। गत आर्थिक वर्षमा जिल्लाका सात पालिकामध्ये भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै अपराधका घटना भएको उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)