भारी वर्षाको जोखिम : विराटनगरका विद्यालय दुई दिन बन्द हुने
ratopati.com · Thu Sep 24 03:20:00 GMT 2026

विराटनगर । विराटनगर महानगरपालिकाले सम्भावित भारी वर्षा र विपद् जोखिमलाई ध्यानमा राख्दै नगरभित्रका सबै विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। महानगरको शैक्षिक प्रशासन महाशाखाले बिहीबार एक सूचना जारी गर्दै असोज ८ र ९ गते महानगरपालिका अन्तर्गत सञ्चालित सबै विद्यालयहरू बन्द गर्न निर्देशन दिएको हो।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज ८ गतेदेखि ११ गतेसम्म नेपालभर भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। वर्षाका कारण स्थानीय खोलानाला तथा नदीमा पानीको बहाव बढ्न सक्ने, सडक तथा बस्ती डुबानमा पर्न सक्ने, बाटोघाटो अवरुद्ध हुन सक्ने तथा अन्य विपद्जन्य जोखिम सिर्जना हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै विद्यार्थी तथा आम नागरिकको सुरक्षार्थ विद्यालय बन्द गर्ने निर्णय गरिएको महाशाखाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)