चाडपर्वमा सडक यात्रा सहज बनाउन सडक विभागको विशेष तयारी
nepalnews.com · Thu Sep 24 03:17:18 GMT 2026

काठमाडौं । दशैँ, तिहार तथा छठ पर्व नजिकिएसँगै सडक विभागले देशभरका मुख्य राजमार्गहरूको मर्मत र स्तरोन्नतिलाई तीव्रता दिएको छ। बाढीपहिरोका कारण जीर्ण बनेका सडकहरूमा यात्रुको यात्रा सुरक्षित बनाउन विभागले विशेष कार्ययोजना लागू गरेको छ। यातायात व्यवसायीहरूले सडक सुरक्षाको ग्यारेन्टी नभएसम्म अग्रिम टिकट नखोल्ने चेतावनी दिएपछि विभागले मर्मतको कामलाई प्राथमिकतामा राखेको हो।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार देशभरका संवेदनशील क्षेत्रहरूमा २४० भन्दा बढी हेभी मेसिन र प्राविधिक जनशक्तिलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको छ। सडक अवरुद्ध भएको खण्डमा अधिकतम दुई घण्टाभित्र यातायात सुचारु गर्ने नीति विभागले लिएको छ। मेसिन सञ्चालनका लागि आवश्यक इन्धन र जनशक्ति फिल्डमै खटाइएको छ। सरकारी स्रोत अपुग भएमा निजी क्षेत्रका उपकरण भाडामा लिने व्यवस्था पनि मिलाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)