शव पहिचानका लागि तीन हजार ३६४ जनाको डिएनए नमुना सङ्कलन
gorkhapatraonline.com · Thu Sep 24 03:19:07 GMT 2026

भोटेकोशी बाढीमा परी मृत्यु भएका मध्ये हालसम्म एक हजार ४५३ जनाको शव फेला परेको छ। नेपाल प्रहरी प्रधान कार्यालयले बिहीबार बिहान सार्वजनिक गरेको विवरणअनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट एक हजार ४५१ जनाको शव फेला परेको हो भने उपचारका क्रममा काठमाडौँमा थप दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार रसुवामा २३६, नुवाकोटमा २०४, धादिङमा ७२, चितवनमा ३६८, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)