एमाले, प्रगतिशील संस्कृति र बदलिँदो समाज
nepalpress.com · Thu Sep 24 03:18:42 GMT 2026

कुनै राजनीतिक पार्टी केवल चुनावी घोषणापत्र, झन्डा र नाराले जीवित रहँदैन । पार्टीलाई जनताको मनमा जीवित राख्ने अर्को महत्त्वपूर्ण शक्ति हो-संस्कृति । गीत, कविता, नाटक, साहित्य, लोकभाका, नृत्य र सिर्जनात्मक अभिव्यक्तिले राजनीतिक विचारलाई जनताको दैनिक जीवनसँग जोड्ने काम गर्छन् ।
नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास हेर्दा एमालेको यात्रामा पनि प्रगतिशील संस्कृति र जनपक्षीय सिर्जनाको महत्त्वपूर्ण भूमिका देखिन्छ । सङ्घर्षका दिनमा गीतहरू केवल मनोरञ्जन थिएनन्, ती चेतनाका आवाज थिए । कविता केवल कविता थिएन, प्रतिरोधको भाषा थियो । सडकमा गुञ्जिने सांस्कृतिक कार्यक्रम केवल कार्यक्रम थिएनन्, ती जनतालाई सङ्गठित गर्ने माध्यम थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)